सेती दोभानमा भेटिएको शवको पहिचान भएन
पाेखरा | असोज २६, २०८२
पोखरा: पोखरा महानगपालिका–१४ सेती दोभानमा गत सोमबार भेटिएको शवको पहिचान अझै हुन सकेको छैन् ।
पोखरा–१४ सेती दोभानमा गत सोमबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा अन्दाजी ४५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका थिए ।
सेती दोभान जाने भीर मुनी अचेत अवस्थामा फेला परेका पुरुषलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अचेत अवस्थामा फेला परी मृत्यु भएको पुरुषको सनाखत हुन नसकेपछि आज (आइतबार) सामाजिकमा हुलिया र तस्वीर राख्दै चिनेजानेको भए सम्पर्कमा आउन आग्रह गरेको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

